राष्ट्रिय विकासको लागि चाहिने जनशक्ति तयार पार्ने श्री ५ को सरकारको महान कार्यमा सहकार्य गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने, सेवाको भावनाबाट प्रेरित भई शिक्षा ऐन नियम तथा प्रचलित ऐन नियम अनुसार संस्थागत विद्यालयहरुलाई दिगो रुपमा सञ्चालन तथा व्यवस्थापन गर्न वाञ्छनीय भएकोले यो महेन्द्र भवन एजुकेशन फाउण्डेशन नामक सार्वजनिक शैक्षिक गुठीको विधान शिक्षा नियमावली, २०५९ को नियम ११ को उपनियम १ को परिधिभित्र रही गुठियारहरुको सर्वसम्मत निर्णयबाट तयार गरिएको हो। ९प्रस्तावित संशोधन० ९विगतको इतिहासलाई जोडिएको० वि।सं। २०१४ ९सन् १९५७० मा एक बेलायती समाजसेवी क्लारा एलिजाबेथ फ्र्याङ्क्लिनको पहल तथा युनाइटेड मिशन टु नेपाल ९यु।एम।एन।० को सहयोगमा तात्कालिन महेन्द्र बिक्रम राणाबाट सहुलियत दरमा जग्गा खरिद गरी महेन्द्र भवन आवासीय माध्यमिक विद्यालय स्थापना भई सञ्चालन गरिएको, २०२७ सालमा नयाँ शिक्षा लागु भएसंगै सरकारको मातहतमा लिई सरकारी विद्यालय सरह सञ्चालन गरिएको, २०३६ सालमा पुनः सिमित सरकारी संलग्नता रहनेगरी संस्थागत विद्यालयका रुपमा सञ्चालन गरिएको, २०५४ साल ९सन् १९९६० मा यु।एम।एन। ले सम्पूर्णरुपमा आफ्नो संलग्नता विद्यालयको जिम्मामा छाडेपश्चात राष्ट्रिय विकासको लागि चाहिने जनशक्ति तयार पार्ने नेपाल सरकारको महान कार्यमा सहकार्य गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने सेवाको भावनाबाट प्रेरित भई मुलुकको प्रचलित शिक्षा ऐन नियमको अधिनमा रही संस्थापक गुठियारहरुद्वारा २०६१ सालमा महेन्द्र भवन शैक्षिक गुठी ९ःबजभलमचब द्यजबखबल भ्मगअबतष्यल ँयगलमबतष्यल० दर्ता गरी यस गुठी अन्तर्गत महेन्द्र भवन उच्च माध्यमिक आवासीय विद्यालयलाई सार्वजनिक संस्थागत विद्यालयका रुपमा सञ्चालन गरिआएकोमा, हाल मुलुकको परिवर्तित राजनीतिक एवम् शासकीय व्यवस्था तथा केही नयाँ प्रावधानहरु समेत थप गर्न आवश्यक देखिएको सन्दरभमा मौजुदा विधान संशोधन गर्न वाञ्छनीय देखिएकोले नेपालको संविधान – २०७२, शिक्षा ऐन – २०२८ ९नवौँ संशोधन, २०७४ सहित० तथा नियमावली(२०५९ ९आठौँ संशोधन, २०७१ सहित० को नियम ११ को उपनियम १ को परिधिभित्र रही, तथा नेपाल सरकारको मिति ।।।।।।।।।।।।। को निर्णयर परिपत्र अनुसार २०८० साल९रु० उप्रान्त उच्चमाध्मिक विद्यालयहरु स्थानीय सरकारको रेखदेखमा रहने व्यवस्था अनुरुप काठमाण्डौँ महानगरपालिकाद्वारा जारी काठमाण्डौँ महानगरपालिका शिक्षा ऐन, २०७५ समेतको परिधिभित्र रही सार्वजनिक शैक्षिक गुठी सञ।चालन गर्नु पर्ने व्यवस्था बमोजिम, गुठियारहरुको सर्वसम्मत निर्णयबाट यो संशोधित विधान( २०८३ तर्जुमा गरी जारी गरिएको छ, र यो विधान काठमाण्डौँ महानगरपालिकाद्वारा स्वीकृत भएको मितिदेखि लागु हुने छ।